spot_img

Tuesday, March 25, 2025

नेपाली समाजलाई झुटा समाचारबाट जोगाउन शहरी विकासमन्त्री प्रकाशमान सिंहको आग्रह

कात्तिक १४, काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई झुटा समाचारबाट जोगाउन आग्रह गर्नुभएको छ । नेपाल टेलिभिजन कर्मचारी सङ्घको आयोजनामा दीपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले झुटा समाचारलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरुले भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।

‘‘आफ्नो पेशाबाट तपाईंहरुले नेपालका समाजलाई झुटा समाचारबाट  होइन कि सत्य समाचारबाट सूचित गर्नुस् । झुटा समाचारबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’’, उहाँले भन्नुभयो ।

त्यस्तै, अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको उहाँको भनाइ थियो । ‘‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छन् ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छन् ? बैंकहरु पहिले कति थिए अहिले कति छन् ? पहिला इञ्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसके ?’’ उहाँले भन्नुभयो, ‘‘कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’’

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्योसँगै जिम्मेवारी पनि बिर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार