कात्तिक ११,काठमाडौँ । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ । खेल साढे ६ बजे सुरु हुनेछ ।
समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।
सेमिफाइनलसम्म आइपुग्दा भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे ।
नेपाल, भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने दोस्रो पटक सेमिफाइनल पुगेको हो ।
कमेन्ट :