कात्तिक ९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे लाई प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरेको जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । माओवादीले सरकारविरुद्ध प्रदर्शन गर्नु एक दिन अघि प्रधानमन्त्रीले फेरि बैठक बोलाएका छन् । बुधबारमात्रै सत्तारुढ दलको बैठक बसेको थियो ।
कमेन्ट :