देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि

pradesh side 2

कात्तिक ६ काठमाडौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

Article Inline 2

ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि काठमाडौँ र कास्कीमा धेरैमा सङ्क्रमण देखिएको छ।

दाहालका अनुसार काठमाडौंमा तीन हजार ५९४, कास्कीमा तीन हजार हजार १८८, तनहुँमा दुई हजार १९५, पर्वतमा एक हजार ५८८, चितवनमा एक हजार २९, ललितपुरमा ९६८, बागलुङमा ८२१, गोरखामा ७७२, भक्तपुरमा ६२४, कैलालीमा ४०८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो।

प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा नौ हजार ५३१, बागमती प्रदेशमा सात हजार ७६८, कोशी प्रदेशमा एक हजार ६४६ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, लुम्बिनी प्रदेशमा एक जहार ३४८, सुदूरपश्चिम प्रदेशमा एक हजार ६५, कर्णाली प्रदेशमा तीनसय र मधेश प्रदेशमा ४२४ जनामा डेंगु पुष्टि भएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :