spot_img

Wednesday, January 15, 2025

साफ च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

कात्तिक ५,काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गनको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १-० ले पराजित भएको छ । समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण छ ।​ नेपाललाई आजकाे खेल जित्नुकाे विकल्पै छैन । जितले मात्र नेपाललाई सेमिफाइनल पुर्याउनेछ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

तालिकामा श्रीलंका ३ अंकसहित पहिलो स्थानमा रहँदा भुटान र नेपालको १-१ अंक छ । नेपाल गएका ६ संस्करणमा ५ वटामा उपविजेता र एउटामा सेमिफाइनलमा रोकिएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार