spot_img

Friday, May 16, 2025

डिआइजी किरण राणा एआइजी पदमा बढुवाका लागि सिफारिस

कात्तिक ५,काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो  ।

बढुवा सिफारिस हुनुभएकी राणा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत हुनुहुन्छ । रासस

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार