spot_img

Tuesday, March 18, 2025

रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

कात्तिक ४,कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेको तेस्रो दिन आइतबार दिउँसो १ः३० बजे लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

अदालत नजिकै देशका विभिन्न ठाउँबाट आएका रास्वपाका नेता, कार्यकर्ताले विरोध प्रदर्शन र र्‍याली निकाल्ने र सरकारीपीडित समेत भेला भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नजिकैको सहिद चोकमा आजै दिउँसो १२ः३० बजे रास्वपाले विरोध गरिरहेको छ ।

  • -advertisement-

मुस्ताङ चोकमा सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले आइतबार ११ बजेदेखि प्रदर्शन गरिरहका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षामा कडाइ गरेको छ । प्रशासन, अदालत आसपास, प्रदर्शन हुने तय भएका स्थानहरु र सहरका मुख्य चोकहरुका ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार