spot_img

Friday, May 16, 2025

भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि पोखरामा पानीको फोहोरा र अश्रुग्यास हान्यो

कात्तिक ४,कास्की। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा पोखरामा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

नाराबाजीसहित भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको हो। पोखारा तनावग्रस्त भएको छ ।

सहकारी  ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो । तर रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार