spot_img

Saturday, March 22, 2025

पर्यटनमन्त्रालय द्वारा पशुपति गौशाला धर्मशाला खाली नगर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन

 कात्तिक २,काठमाडौँ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशनमा मन्त्रालयले कोषलाई बुधबार पत्र लेख्दै शान्ति सुरक्षामा समस्या उत्पन्न भएकाले अर्को निर्णय नभएसम्म स्थगित गर्न निर्देशन दिइएको हो ।

  • -advertisement-

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को असोज २० गते बसेको बैठकले पनि धर्मशाला सञ्चालन र व्यवस्थापनका सन्दर्भमा काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने निर्णय कार्यान्वयन नगर्न भनिएको छ । पत्रमा यसअघि कोषले गरेको निर्णयबारे निक्र्योल नभएसम्म परिषद्ले यसअघि गरेका निर्णय कार्यान्वयन रोक्न निर्देशन दिइएको छ । यसबारे छलफल गर्न कात्तिक ४ गते आइतबार सञ्चालक परिषद् बैठक बोलाइएको छ ।

यसैबिच कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले पशुपतिनाथ मन्दिर क्षेत्रभित्रै तनाव सिर्जना हुने स्थिति आएकाले तत्काल उक्त निर्णयको कार्यान्वयन स्थगित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले कसैको दबाबमा परेर होइन, शान्ति सुरक्षामा समस्या हुनु राम्रो होइन । त्यसैले परिषद् बैठकमा छलफल गरेर निर्णयमा पुग्छौँ ।”   गोरखापत्र

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार