मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिए के गर्ने ?

banner 2

 कात्तिक २,काठमाडौँ। मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम विभिन्न स्वास्थ्य समस्या भएर अस्पताल जाने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।

अहिले अस्पतालमा डेंगु र निमोनियाका बिरामीको सङ्ख्या बढिरहेका छन  । अस्पतालमा मौसम परिवर्तनसँगै बालबालिकामा  रुघाखोकी, ज्वरो, जण्डिस, झाडापखला, निमोनिया, टाइफाइड, दमलगायतका श्वासप्रवासको समस्या, छालाको सङ्क्रमण जस्ता स्वास्थ्य समस्या बढी देखिने गरेको पाहिन्छ  ।  अस्पतालमा रुघा, खोकी, ज्वरो आएर आउने अधिकाशं बिरामीलाई जाँच गर्दा निमोनिया र डेंगु पुष्टि भएको हुन्छ  ।”

Article Inline 2

सङ्क्रमणजन्य स्वास्थ्य समस्या देखिएमा तुरुन्तै औषधी किनेर नखान डाक्टरको सल्लाह रहेको छ  ।“भाइरसजन्य सङ्क्रमण हुनासाथ औषधी किनेर खाइहाल्नु हुँदैन । यस्तो समस्या घरमा नै मनतातो पानी, झोलिलो खानेकुरा, नुनपानी, बेसार पकाएर खान दिएर निको बनाउन सकिन्छ ।”

समस्या बढ्दै गएमा चिकित्सकको परामर्शमा औषधी खुवाउन डा.को सुझाव छ ।  “बालबालिकालाई ज्वरो घटेन, सास फेर्न गाह्रो हुने जस्ता श्वाप्रश्वासमा समस्या देखिएमा तुरुन्त अस्पतालमा लैजानुपर्छ  । “बालबालिकालाई सङ्क्रमणजन्य रोगबाट बचाउन सरसफाइमा ध्यान दिनुपर्छ । बेला बेलामा ताजा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खुवाउने, मौसमी फलफूल राम्रोसँग सफा गरेर खान दिने गर्नुपर्छ ।”

चिसो मौसममा बालबालिकालाई बिरामी हुन नदिन सरसफाइका साथै बालबालिकालाई न्यानो पारेर राख्न आवश्यक  पर्छ  ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :