कात्तिक १,काठमाडौं । पाँच पटकको च्याम्पियन भारतले महिला साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
समूह ‘ए’ अन्तर्गत बिहीबार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलले हरायो ।
भारतको जितमा ग्रेस डाइङमेइले दुई गोल गर्नुभयो । एनगाङगोम बाला देवी, मनिसा र ज्योती चौहानले एक एक गोल थप्नुभयो । पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले गोल सान्त्वना गोल गर्नुभयो ।
भारतले पहिलो हाफमै ४-१ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पाकिस्तान फराकिलो हार खेप्न बाध्य बन्यो ।
कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा भारत र पाकिस्तानसहित साबिक विजेता बङ्गलादेश छ ।
यस्तै समूह ‘बी’मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्कका छ । नेपालले शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।