कात्तिक १,काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ : १० बजे बजार २७८० अंकसम्म पुगेको थियो । तर त्यसपछि बजार खुम्चिग्यो ।
कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।
व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । बैंकिङ ०.४०, फाइनान्स ०.५१, लगानी ०.७१, उत्पादन ०.२१, अन्य ०.३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ०.१९, जीवन बीमा ०.२४, हाइड्रोपावर ०.१२, होटल तथा पर्यटन १.४८ र विकास बैंक समूह ०.६४ प्रतिशत घटे ।
कमेन्ट :