spot_img

Wednesday, December 4, 2024

समाजसेवी तिलक गैरेको आर्थिक सहयोगमा गैडाकोटमा खाद्यान्न तथा राहत वितरण

असोज,२५ गैंडाकोट । नवलपुर, गैडाकोटका बाढि बाढीपिडीत परिवारलाई एन आर एन ए अन्तर्राष्ट्रिय समन्वय परिषद सह कोषाध्यक्ष तिलक गैरेले राहत वितरण गर्नुभएको छ ।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमका बिच समाजसेवी गैरेको आर्थिक सहयोगमा खाद्यान्न तथा राहत वितरण गरिएको हो ।

  • -advertisement-
  • -advertisement-

राहत वितरण कार्यक्रममा प्रमुख अतिथि नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले यस्ता किसिमका राहतले चाडपर्वको बेलामा बाढीपिडीत परिवारलाई राहत मिल्ने हुनाले सहयोग गरेकोमा धन्यबाद ब्यक्त गदै सबैलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

गैंडाकोट वडा नम्बर ६ का समाजसेवी ,सरल ब्याक्तित्व ,गैर आवासीय नेपाली संघ, पोर्चुगल राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष एवं गैंडाकोट खेलकुद समितिका संस्थापक सचिव गैरेले बाढीपिडीत १८० घरधुरीलाई राहत वितरण गर्नुभएको छ । गैरेले गैडाकोट वडा नम्बर २ का स्थानीय बाढी पिडीतलाई दुईलाख बराबरको सहयोग गर्नुभएको हो । चाडबाडको समयमा बाढीपिडीत परिवारलाई केही राहत होस भन्ने उध्येश्यले राहत तथा खाद्यान्न वितरण गरिएको एन आर एन ए अन्तर्राष्ट्रिय समन्वय परिषद सह कोषाध्यक्ष गैरेले फास्टखबर अनलाईनलाई जानकारी दिनुभयो ।

‘अहिले चाडबाड आईरहेको छ , देशमा प्राकृतिक प्रकोपले हाम्रा नेपाली आफन्तजनमा अलिकति भएपनि राहत मिलोस भन्ने उद्धेश्यले सहयोग गरेको गैरेले बताउनु भयो ।

उहांँ व्यवसायको शिलशिलामा अहिले पोर्चुगलमा बस्दै आउनु भएको छ । उहांँले स्वदेशमा मात्र नभई पोर्चुगलमा रहंँदा पनि धेरै नेपालीहरुलाई सहयोग गर्नुभएको छ ।
साथै नेपालका अनाथालयमा, दुर्गमका विद्यालयमा पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने गैरेले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र नं १ का सभापति अमृत भट्टचन, जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोट अध्यक्ष दीपक सापकोटा ,गैंडाकोट खेलकुद समिति अध्यक्ष लक्ष्मण कार्की , जनप्रति निधि तथा समाजसेविहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार