असोज २३, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी)लाई हराएको छ । चौथो अभ्यास खेलमा बुधबार बिहान नेपालले एचपीलाई दुई विकेटले हराएको हो ।
हाइप्रोफोमेन्स (एचपी)ले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै १९८ रन बनायो। नेपालका अनिलले सर्वाधिक ५९ रन बनाए। ७३ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए। आरिफ शेखले ३४ र कुशल मल्लले नटआउट ३० रन बनाए।
अर्जुन साउद २३, देव खनाल ११, दीपेन्द्रसिंह ऐरी आठ रनमा आउट हुँदा कप्तान तथा ओपनर आसिफ शेख सात रनमा पेभिलियन फर्किए। नियमित कप्तान रोहितकुमार पौडेललाई भने आराम दिइएको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्थानिय टोलीले ४७.४ ओभरमा अल आउट हुदै १ सय ९४ रन बनायो । स्थानिय टोलीका ओपनर मिहार पटेलले ७२ तथा खाएविर खानले २८ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ३, करण केसी र सागर ढकालले समान २ तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए । नेपाल विश्वकप लिग टु खेल्न क्यानडाबाटै अमेरिका जानेछ ।







