spot_img

Friday, May 16, 2025

राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेल द्वारा मातहतका निकायहरुलाई निर्देशन

असोज २१, काठमाडौँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभयो।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने उहाँको जिकिर थियो ।

अर्थमन्त्री पौडेलले  उहाँले लक्ष्य पूरा गर्नका लागि करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले त्रास, आतंक, भय सिर्जना गर्नेकामबाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने बताउनु भयो । उहाँले अधिकांश कर कार्यालयमा सेवाग्राहीहरुलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो राजश्वको लक्ष्य पूरा भएन भने हामी कोही सुरक्षित छैनौँ ।  मन्त्री पनि सुरक्षित छैन, सचिव पनि सुरक्षित छैन, विभागका महानिर्देशकहरु पनि सुरक्षित हुनुहुन्न । उपमहानिर्देशक सुरक्षित हुनुहुन्न । कार्यालयका प्रमुखहरु सुरक्षित हुनुहुन्न । कोही पनि सुरक्षित हुँदैन । म स्वयं सुरक्षित छैन ।

उहाँले भन्नुभयो, हामीले लिएको राजश्वको लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ । यो लक्ष्य पूरा गर्नका निम्ति हामी करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्छ । त्रास, आतंक, भय सिर्जना गर्ने, भय दोहन गर्ने तरिकाबाट आजको कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्छ । के बुझ्नुपर्छ भने यदी हामीले भय दोहन गर्नखोज्छौँ, त्रास सिर्जना गर्न खोज्छौँ भने एउटा यस्तो बिन्दु आउँछ, जतिबेला मान्छेले प्रतिवाद गर्दछ । विभिन्न कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई कस्तो व्यवहार हुन्छ जानकारी दिनुस् भनेको छु । धेरै ठाउँमा सुधार भएका छन्, मैत्रीपूर्ण व्यवहार गर्नुभएको छ, मिठो बोल्ने गर्नुभएको छ । तर कतिपय ठाउँमा अझै आदत बदलिएको छैन ।’’

उपप्रधानमन्त्री पौडेलले करदातामैत्री व्यवहार गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । आफूले गर्ने कामलाई लगनशील भएर गर्नुपर्नेमा उपप्रधानमन्त्री पौडेलले जोड दिनुभयो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार