spot_img

Sunday, March 16, 2025

स्वावलम्बन महिला समूह गैंडाकोटको अध्यक्षमा कल्पना शर्मा चयन

असोज १९, गैडाकोट । स्वावलम्बन महिला समूह गैंडाकोटको अध्यक्षमा कल्पना शर्मा चयन हुनुभएको छ ।
शनिबार स्वावलम्बन विकास सङ्घको सभाहलमा भएको  समूहको नवौं साधारण सभा तथा पाँचौं नेतृत्व चयनबाट कल्पना शर्माको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका छन्।

त्यस्तै समूहको उपाध्यक्षमा शान्ति शर्मा, सचिवमा पवित्रा पौडेल ,कोषाध्यक्षमा नर्मदा पाण्डे, स-सचिवमा बिमला शर्मा र स कोषाध्यक्षमा संगीता सुवेदी चयन भएका हुन ।

  • -advertisement-

त्यस्तै सदस्यहरूमा गङ्गादेवी चापागाईं ,कमला चालिसे, पुष्पा चापागाई, मेनुका सापकोटा र पार्वती सापकोटा चयन भएका हुन ।

स्वावलम्बन महिला समूहको पाँचौं नेतृत्व चयनबाट सर्वसम्मत रुपमा समिति चयन गरिएको निर्वाचन समिति संयोजक निवर्तमान गैडाकोट वार्ड नम्बर ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

स्वावलम्बन टोलभित्र कार्यक्षेत्र रहेको समूहमा अहिलेसम्म ६१ जना आबद्ध रहेका छन्।


यस अघि नवौं साधारण सभामा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुवास चापागाईंले यो महिला समूहले आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण महिलालाई समेटेर ,सबैसँग मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो सकारात्मक सोच राखेर सबैले काम गरेमा अगाडि बढ्न सकिने बताउनुभयो।

कार्यक्रममा प्रगति प्रतिवेदन सचिव कमला चालिसेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पार्वती सापकोटा चालिसेले प्रस्तुत गरेका हुन ।

कार्यक्रममा सल्लाहकार गंगाप्रसाद सुवेदी ,स्वावलम्बन टोल विकास संस्थाका अध्यक्ष तेजेन्द्र चालिसे लगायत सदस्यहरूको उपस्थिति रहेको थियो । समूहको अध्यक्ष गंगादेवी चापागाईंको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव कमला चालिसेले गर्नुभएको थियो।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार