कोही कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे हटलाइन नं. ११३७ मा खबर गर्न आग्रह

pradesh side 1

असोज १७ काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपत्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव नरहेको बताउनुभएको छ ।

दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको मन्त्री भण्डारीले जानकारी गराउनुभयो । नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले विपत्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने चेतावनी दिनुभयो ।

Article Inline 2

“काठमाडौँमा आउने तरकारी छिमेकी जिल्लाहरू धादिङ, नुवाकोट, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक लगायत जिल्लाबाट हो, बाढीपहिरोले एकातिर बाटो बन्द भयो, अर्कोतिर वर्षाले तरकारी खेतीमा नोक्सानी भई केही दिन तरकारी आयात हुन समस्या भयो र केही मूल्य वृद्धि भएको हो ।”

विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै मन्त्री भण्डारी बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कोही कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं. ११३७ मा खबर गर्न आग्रह गर्नुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :