spot_img

Monday, October 14, 2024

त्रिकोणात्मक टी -२० आई सिरिजमा नेपाल क्यानडासँग ४ विकेटले पराजित

असोज १६,काठमाडौँ । त्रिकोणात्मक टी -२० आई सिरिजमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको छ ।

१४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर ३३ र रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे । दीलप्रित बाजवा २५, नवनित ढालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रन बनाएर आउट भए ।

  • -advertisement-
  • -advertisement-

नेपालका लागि  ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३१ रन दिएर १ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङ को नेपालले गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन जोडे । आसिफ शेखले ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए ।

गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे ।कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४-४ रन बनाए ।  क्यानडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १-१ विकेट लिए ।

यो हारपछि शीर्ष स्थानमा रहँदै फाइनल खेलेर उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून भएको छ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपालले अन्तिम खेल बुधवार राती ओमानसँग खेल्नेछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार