spot_img

Wednesday, October 9, 2024

लोकप्रिय सर्जक कस्तुप पन्तको नया गीत  “हजारको नोट” सार्वजनिक

 काठमाडौँ । हजारको नोटमा हात्तिको चित्र, तिमी छौ कसम यै मुटु भित्र” लोकप्रिय सर्जक कस्तुप पन्तको नया गीत  “हजारको नोट” सार्वजनिक भएको छ। शुक्रबार सर्जक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत  गितको भिडियो सार्वजनिक भएको हो । हजारको नोट गितमा शब्द तथा संगित सर्जक पन्तको नै रहेको छ । गीतमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ।

सुमन राना र खुमन राना रेकर्डिस्ट रहेको गितलाई विशाल निरौलाले एरेन्ज गरेका हुन भने कुमार रानाले मिक्सिंग गरेका हुन्  । सार्वजनिक भिडियोमा हिमाल सागर र मोडल कृति भट्टराईको अभिनय रहेको छ।

  • -advertisement-
  • -advertisement-

बान्दे प्रसादको सम्पादन रहेको  भिडियोको छायांकन राम शरण उप्रेतीले गरेका हुन। रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको  भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो। गीतले चर्चा पाइरहेको छ र गीतको भिडियोले पनि दर्शकको मन जित्दै छ  फास्टखबर अनलाइनको तर्फबाट गीतको सफलताको शुभकामना रहेको छ ।

कस्तुप पन्तको  आफ्नै कम्पनी छ ‘सारथि म्युजिक । २०६४ मा स्थापित कम्पनी बाट थुप्रै लोकदोहोरी र सुगम सङ्गीतका गीत बजारमा आएका छन् ।

सर्जक कस्तुप पन्तका  ‘फुलको थुङ्गामा’, ‘मधु वनैमा’, ‘अंगुर अमिलो, धोका दिनेलाई के भनौँ र खै’, ‘बिर्सियौ कि कुन्नि’, ‘गंगाजीको पानी’, ‘देउरालीमा ध्वजा  ’ जस्ता  हिट गीत बजारमा आएका थिए । तेस्तै सुगम सङ्गीतमा ‘मेरो मनको ढुकढुकीमा’, ‘माया गर्छु तिमीलाई’, ‘मेरो मनको मान्छे तिमी’, ‘बिर्सिएको त छैन मैले तिमी जहाँ भए पनि’, ‘तिमी बस्ने यो मुटुमा’, ‘धोका दिने तिमी’, ‘तिमी हाँसे पुग्छ मलाई’, झुटो रहेछ यो संसार’ लगायतका सफल गीत रहेका छन् ।

पन्त पछिल्ला समय भने लोकगायन भन्दा सर्जकका रूपमा बढी क्रियाशील रहेका छन् । उनको स्वर, शब्द सङ्गीतमा गरि  अहिले सम्म  सात सय भन्दा बढी  गीत सार्वजनिक भइसकेका छन् ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार