spot_img

Wednesday, October 9, 2024

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता

असोज १४,काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभयो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।

  • -advertisement-
  • -advertisement-

प्रधानमन्त्री ओलीले १० गते बिहीबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुभएको थियो । महासभाको यस वर्षको बहस ‘कोही पनि पछाडि नछोडिने: वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको थियो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार