असोज १४,काठमाडौं । त्रिकोणात्मक टी -२० आई सिरिजमा नेपाललेओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।
पहिले ब्याटिङ गरी १७६ रन बनएको नेपालले ओमानलाई १९.१ ओभरमा १३९ रनमा अल आउट गर्यो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए ।
नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
यस अघि किङ सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनको नटआउट इनिङ खेले। दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।
आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७(२७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २-२ रनमा आउट भए । कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।
ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १-१ विकेट लिए ।
नेपाल त्रिकोणात्मक टी-२० सिरिजमा पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । अब नेपालले मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।