spot_img

Tuesday, January 21, 2025

बाढीपहिरोमा परी हालसम्म एक सय ९२ को मृत्यु /३० जना बेपत्ता

असोज १४,काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरोमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।

प्राकृतिक बिपतमा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।  बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी  दिए ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । रासस

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार