असोज ११,चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार (आज) राति सवारी चलाउन रोक लगाइएको छ । बिहीबार रातिदेखिको वर्षाका कारण जोखिम हुने संभावना भएकोले रातिमा सवारी चलाउन रोक लगाइएको हो ।
आज साँझ ७ बजेदेखि शनिबार (भोलि) बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अत्यावश्यक बाहेकका कुनैपनि सवारी चल्न नदिइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उनका अनुसार काठमाडौँबाट चितवनतर्फ आउने सवारीलाई मुग्लिनमा रोकिनेछ भने चितवनबाट काठमाडौँ जाने सवारीलाई रामनगरमा रोक्ने व्यवस्था मिलाइएको छ।
जसका लागि जिल्ला ट्राफिक कार्यालय चितवनबाट ट्राफिक प्रहरीहरू खटाइने यादवले बताए। गत असार २८ गते राति यही सडकखण्डको सिमलतालमा रातिमा पहिरोले बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो ।
कमेन्ट :