spot_img

Wednesday, October 9, 2024

‘म पनि पढ्छु’ कार्यक्रमको तेस्रो शृङ्खला गैंडाकोट इङ्लिस स्कुलमा सम्पन्न

असोज १० गैंडाकोट।  ‘म पनि पढ्छु’ कार्यक्रमको तेस्रो शृङ्खला गैंडाकोट इङ्लिस स्कुलमा आयोजना गरिएको छ ।

विद्यार्थीहरूमा पठन संस्कारको बानी बसाल्न सम्पूर्ण किताब नारायणगढले अभियानका रूपमा यो शृङ्खला थालेको पठन संस्कारका अभियन्ता लेखराम सापकोटाले बताए ।

  • -advertisement-
  • -advertisement-

बिहीबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न कक्षाका १६ जना विद्यार्थीले विभिन्न किताबको पाठकीय टिप्पणी प्रस्तुत गरे । विद्यार्थीले आफूले पढेका पाठ्यक्रम बाहिरका नेपाली र अङ्ग्रेजी किताबको टिप्पणी राखेका थिए ।
कार्यक्रमको सुरुमा आँचल अधिकारीले टिप्पणी सुनाइन् । उनले ‘द जर्नी टु द मुन’ किताबको टिप्पणी राखिन् ।

त्यसलगत्तै आकृति आचार्यले ‘द विजर्ड अफ ओज’, अस्विना पियाले ‘द फाइट विथ मोन्स्टर’, अभिश्री कँडेलले ‘मदर हु टट मी हाउ टु लिभ’, विवश भण्डारीले ‘घोस्ट अफ महाजन्स हाउस’, दीपा पराजुलीले ‘गीता महिमा’, ईशान सिग्देलले ‘मुगलान’ र कृस्टिना कुँवरले ‘डेमन आइ’ पुस्तकको टिप्पणी सुनाए ।

त्यसैगरी प्रकृति रेग्मीले ‘रिच ड्याड पुअर ड्याड’, प्रभोच पौडेलले ‘धामा चेरो’, प्रिन्सी चालिसेले ‘द स्टोरी अफ माइ लाइफ’, रियान अधिकारीले ‘आमाले सक्नुहुन्छ’ र सचिन पौडेलले ‘इलेभेन रुल्स फर लाइफ’ पुस्तकको टिप्पणी राखे । समृद्ध पौडेलले ‘कोरोना कथा’, श्रेस्मा सिग्देलले ‘समयको नक्सा बाहिर’ र सुयोग गौतमले ‘रुकुमका लोककथा’ पुस्तकको पाठकीय टिप्पणी सुनाए ।

कार्यक्रममा अतिथिकाका रूपमा डेजी स्कुल खैरहनीका प्रधानाध्यापक प्रेम रिमालले विद्यार्थीहरूसमक्ष प्रेरणादायी मन्तव्य राखे । विद्यालयका प्रधानाध्यापक हिरालाल अर्याल र सहायक प्रधानाध्यापक नवराज कँडेलले विद्यार्थीहरुको पठन संस्कृतिको विकासका लागि कार्यक्रम आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउने र उनीहरुको व्यक्तित्व विकासमा सघाउने उनीहरुको भनाइ थियो ।

सम्पूर्ण किताबले एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज र अङ्कुरम् एकेडेमीसँगको सहकार्यमा ‘म पनि पढ्छु’ कार्यक्रम गर्दै आइरहेको छ । पहिलो र दोस्रो शृङ्खला सम्पूर्ण किताब परिसरमा आयोजना गरिएको थियो । यो अभियानलाई विभिन्न विद्यालयमा लैजाने योजना अनुरुप तेस्रो शृङ्खला गैंडाकोट इङ्लिस स्कुलमा आयोजना गरिएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले जानकारी दिए ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार