spot_img

Wednesday, February 12, 2025

नेपाल पुलिस क्लब गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश

असोज १० ,चितवन । नेपाल पुलिस क्लब काठमाडौं गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब काठमाडौंलाई सडन डेथमा निराश बनाउँदै पुलिस उपाधि नजिक पुगेको हो । त्यस अघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा ३-३ को बराबरीपछि पुलिसले गत संस्करणको उपविजेता एपिएफलाई सडन डेथमा निराश बनायो ।

  • -advertisement-

पुलिसको जितमा गोलकिपर शत्रुधन चौधरी नायक बने । टाइब्रेकरमा एपिएफको दुई प्रहार रोकेका शत्रुधनले सडन डेथमा विपक्षीको प्रहार बचाउँदै आँफैले गोल पनि गरे । उनी नै म्यान अफ दि म्याच भए ।

पुलिसले अब उपाधिका लागि बुटवल लुम्बिनी एफसीको सामना गर्नेछ । बुटवल यस अघि पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको उपाधि भिडन्त असोज १२ गते शनिबार हुनेछ । फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।v

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार