spot_img

Wednesday, October 9, 2024

आईसीसी विश्वकप लिग–२ : वर्षाका कारण खेल रद्द हुदा नेपाल र ओमानले अंक बाडे

असोज ९ काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत  नेपाल र ओमानबीचको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक पाएको छ । लगातारको वर्षाले खेल टस नै नभइ रद्द भएको हो।

खेल रद्द भएसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। नेपालले ४ खेलमा तीन खेल हारेर सात अंक गुमाउँदा वर्षाको सहारामा एक अंक बटुल्यो । नेपाल पछिल्ला पाँच खेलमा पराजित छ। घरेलु टोली क्यानडासँग दुई खेलमा गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेलसमेत हार्न पुगेको थियो। योसँगै नेपालले सात अंक गुमाउँदै क्यानडा भ्रमण समाप्त गरेको छ।

  • -advertisement-
  • -advertisement-

यसअघि नेपालले पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो। उक्त सिरिजमा नेपालले मात्र एक खेलमा जित निकाल्दै दुई अंक जोडेको थियो। लिगको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराउनुबाहेक नेपालले जित देख्न पाएको छैन। नामिबिया र नेदरल्यान्ड्ससँग घरेलु मैदानमा तीन खेल हार्दै ६ अंक गुमाएको नेपालले क्यानडा भ्रमणमा जितविहीन रह्यो ।

निरन्तरको हारले खेलाडीमाथि जितको दबाब बढ्दो छ भने नेपाल लिग तालिकामा पुछारबाट दोस्रोमा छ। नेपालको तीन अंक छ। ओमान भने सात खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार