सहकारीको मुद्दामा मिडियाले आफूलाई निरन्तर खेदेको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको गुनासो

असोज ८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न सकिन्छ कि भन्ने उद्देश्यले नै पूर्वडिआईजी छविलाल जोशीलाई पक्राउ गरिएको दाबी गरेका छन्।

मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै उनले जोशीको बयानबाट केही निस्कियो भने रविलाई समाउन सकिन्छ कि भन्ने उद्देश्यले नै उनलाई पक्राउ गरिएको जिकिर गरे।

Article Inline 2

रास्वपा सभापति  लामिछानेले संसदीय विशेष छानबिन समितिको सिफारिस कार्यान्वयन गर्न र आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको बताएका छन् । समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार भएको उनले बताएका हुन् । उनले  सहकारीबाट अरू सञ्चारमाध्यममा पैसा गएको खुलेकाले उनीहरूलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

सभापति लामिछानेले संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले पनि आफूलाई दोषी नभएको बताएको उल्लेख गरे। उनले  त्यसअघि प्रहरीले पनि सहकारीमा आफूलाई दोषी नदेखाएको उनको दाबी छ ।

उनले आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने आशंका व्यक्त गरे । ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन’, उनले भने,  ‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला बोकेरै आएको थिएँ । ’

साथै उनले सहकारीको मुद्दामा मिडियाले आफूलाई निरन्तर खेदेको गुनासो गरे। विषय केन्द्रित हुनुपर्नेमा नेपाली मिडिया व्यक्ति केन्द्रित भएको उनले आरोप लगाए ।
विगतमा देशका प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको बताउँदै सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेराफेर नहुने उल्लेख गरे ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :