‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी

rasifal bottom

असोज ३ काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ।

नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुुग्नुभएको हो।  हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा  सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेको थियो।

Article Inline 2

सुुमधुर साँझमा कलाकारको प्रस्तुतिका प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ।  अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ।  दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु।  इन्जेय गर्नुस्।  धेरै धेरै धन्यवाद’’ भन्नुभएको छ। उक्त कन्सर्ट बिहीबार दिउँसो ४ बजेदेखि सुरु भएको हो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :