सरकारबाट १७ जना प्रस्तावित राजदूतमध्ये १२ जना सर्वसम्मत

Article Inline top 1

असोज ३ काठमाडौँ । संसदीय सुनुवाइ समितिले  प्रस्तावित १६ जना राजदूतहरूको नाम अनुमोदन गरेको छ । सरकारबाट १७ जना प्रस्तावित राजदूतमध्ये १२ जना सर्वसम्मत र ४ जना बहुमतले अनुमोदन भएका हुन् । श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय गर्ने गरी स्थगन भएको छ ।

रास्वपाले तीन र जसपाले चार राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेका छन् । बहुमतले निर्णय गरेपछि रास्वपाका डीपी अर्याल र जसपाका प्रकाश अधिकारीले फरक मत राखेका छन् । रास्वपाका अर्यालले दक्षिण अफ्रिकाका प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिना र इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित तथा जसपा, नेपालका अधिकारीले यी तीनसहित भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको नाममा पनि फरकमत राखेका छन् ।

Article Inline 2

दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, रुसमा जंगबहादुर चौहान, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा रीता धिताल, जर्मनीमा डा. शैल रूपाखेती, डेनमार्कमा सुम्निमा तुलाधर, चीनमा प्रा। कृष्णप्रसाद ओली, साउदी अरबमा नरेशविक्रम ढकाल, कतारमा रमेशचन्द्र पौडेल, स्पेनमा सलिन नेपाल, बेलायतमा चन्द्रकुमार घिमिरे र अमेरिकामा लोकदर्शन रेग्मी सर्वसम्मत अनुमोदन भएका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :