spot_img

Wednesday, February 12, 2025

सहकारीमा नक्कली ऋणीहरूको बिगबिगीले समस्या निम्तिएको छ -सहकारी छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापा

 भदौ ३१,काठमाडौं । सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा आज समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सहकारी समस्या समाधानका लागि समितिले हरप्रयास गरी प्रतिवेदन तयार गरिएको बताउनुभयो । उहाँले संसदमा सो प्रतिवेदन पेस गर्नुभयो ।

  • -advertisement-

छानबिन र प्रतिवेदन तयारी अवधिमा समितिले ४५१ जनासँग छलफल गरिएको सभापति थापाले जानकारी गराउनुभयो । त्यस्तै, ५५ जना सहकारी सञ्चालकहरूसँग पनि छलफल गरी प्रतिवेदन तयार गरिएको उहाँले जानकारी गराउनुभयो । सो अवधिमा सहयोग गर्नुहुने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

सरकारले गत जेठ १५ गते सहकारी संस्था, बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न ७ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । गोरखापत्र 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार