spot_img

Thursday, October 3, 2024

नारायणी सामुदायिक बनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले लिए सपथ

भाद्र ३१,गैडाकोट । नारायणी सामुदायिक बन उपभोक्ता समूह गैडाकोट ६, ७ र ९ का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

समूहको १२औं बार्षिक साधारण सभा तथा पाँचौँ नेतृत्व चयनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समूहको कार्यालय परिसरमा सोमबार आयोजित कार्यक्रममा सपथ ग्रहण तथा पदस्थापन गरिएको हो ।
यहि भाद्र ८ गते सम्पन्न समूहको १२ औं साधारण सभा पछि नेतृत्व चयन हुने पदाधिकारी तथा सदस्यहरुकालागि निर्वाचन समितिले चरणवद्ध रुपमा निर्वाचन कार्यक्रम संचालन गरेको थियो । समूहको विधान अनुसार यहि भाद्र २९ गते निर्वाचन समितिले पाँच जना पदाधिकारी , लेखा समिति संयोजक र १२ कार्यसमिति सदस्यहरु निर्वाचन प्रक्रिया मार्फत चयन गरेको हो ।
निर्वाचन मार्फत आगामी ३ बर्षे कार्यकालका लागि समूहको अध्यक्षमा नेत्रराज सापकोटा, उपाध्यक्षमा धनपति सापकोटा, सचिवमा सिता गिरी, कोषाध्यक्षमा विमला मगर ,सहसचिवमा कुलप्रसाद सापकोटा निर्वाचित भएका हुन्  ।

त्यस्तै कार्यसमिति सदस्यमा मिना नेपाली ,रामकृष्ण राई , दिलबहादुर श्रेष्ठ , लक्ष्मी कुमाल , जोकमाया सुनारी , सितादेवी गौडेल , देवीकला सापकोटा कँडेल , तारा भूसाल , जीवन सापकोटा र रविलाल कंडेल निर्वाचित भएका थिए ।

यस्तै समूहको लेखा संयोजकमा लक्ष्मी प्रसाद चौधरी तथा सदस्यहरुमा दिपादेवी सापकोटा र चुडामणी सापकोटा निर्वाचित भएका थिए ।

नवनिर्वाचित पदाधिकारी,सदस्य तथा लेखा समितिलाई निर्वाचन समितिको संयोजक नारायण पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।
निर्वाचन प्रक्रियाका लागि पौडेलको संयोजकत्वमा गैँडाकोट ९ का प्रेमप्रसाद सापकोटा र गैँडाकोट ७ का प्रेमप्रसाद सापकोटा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

सोही अवसरमा वनका निवर्तमान अध्यक्ष दिनानाथ त्रिपाठी, सचिव उमाकुमारी पाण्डे र लेखा समिति संयोजक अग्निधर सापकोटाले नवनिर्वाचत पदाधिकारीलाई माइन्युट तथा चेक प्रदान गरी पद हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा सब डिभिजन कार्यालय गैंडाकोटका प्रमुख सूर्य सिंह गुरुङ,वनका संस्थापक अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा,गैंडाकोट वार्ड नम्बर ६ का वडा अध्यक्ष सुभाष चापागाईं ,वार्ड नं ७ का वडाध्यक्ष होमनाथ सापकोटा ,नेपाली कांग्रेस वार्ड नं ९ का वडा सभापति गंगाबहादुर पाण्डे , नारायणी सामुदायिक वन का निवर्तमान अध्यक्ष दिनानाथ त्रिपाठी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष नेत्रराज सापकोटाले कार्यक्रममा आफ्रनो प्रतिबद्धता सहितको मन्तब्य राख्नु भएको थियो ।

निर्वाचन समितिको संयोजक नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य गैँडाकोट ७ का प्रेमप्रसाद सापकोटाले स्वागत मन्तब्य राख्नु भएको थियो भने सहजिकरण निर्वाचन समिति सदस्य गैँडाकोट ९ का प्रेमप्रसाद सापकोटाले गर्नुभएको थियो ।

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार