भदौ ३१,काठमाडौँ । विश्वकप क्रिकेट लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ ।
क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुईरदुई खेल लेख्नेछ ।नेपालले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने छ । नेपाललले ७ महिनापछि आईसीसी विश्वकप लिग–२ का खेल खेल्न लागेको हो । फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच खेल भएको थियो । नेपालले त्यतिबेला एक खेल मात्रै जितेको थियो ।
ओडिआई सिरिज सकिएको २ दिन पछि टि २० आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म चल्नेछ ।
टि २० आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ ।
तेस्रो खेल नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।
नेपालको लक्ष्य लिग २ को शीर्ष स्थानमा रहँदै नम्बर वान एशोसिएट राष्ट्र बन्ने रहेकाे छ । चार खेलमात्रै खेलेको नेपाल २ अंकसहित तालिकाको सातौं स्थानमा छ । यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग २ खेल हारेको थियो भने नेदरल्याण्डसँग एकमा जित र एकमा हार बेहोरेको थियो । नेदरल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा छ ।२ अंकसहित नेपाल आठौं स्थानमा छ भने क्यानडा ८ खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ ।