single head

सुनको मूल्य हालसम्मकै उच्च / प्रतितोला रु. एक लाख ५७ हजार तीन सयमा कारोबार

single post top 1

भदौ ३१,काठमाडौँ ।  अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

single p1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु. पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

single p2

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला रु. एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार नौ सय १५ निर्धारण भएको छ ।  रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3