spot_img

Thursday, February 13, 2025

इजिप्टको शार्किया प्रान्तमा दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु

 भदाै ३० इजिप्ट। इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिवार दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

साथै अन्य ४९ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४४ घाइतेको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

  • -advertisement-

पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मन्त्रालयले यसअघि सार्कियाको जागाजिग सहरमा भएको दुर्घटनास्थलमा ३९ वटा एम्बुलेन्सलाई घाइतेको उद्धारका लागि पठाइएको जनाएको थियो ।

शार्किया प्रान्तका गभर्नर हाजेम अल–अशमोनीले दुईवटा रेलबाट सबै यात्रुलाई बाहिर निकालिएको छ । इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले दुर्घटनाको प्राविधिक कारण पत्ता लगाउन रेलवे विशेषज्ञहरूको समिति गठन गरिएको बताइएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार