spot_img

Sunday, March 16, 2025

अन्तर विद्यालय स्तरीय १२ वर्ष सम्मका छात्रा/छात्र फुटबल प्रतियोगिता शुरु/ उद्घाटन खेलमा महेन्द्र स्मारकले अक्सफोर्डलाई हरायो

भाद्र २८, गैँडाकोट । राष्ट्रिय बाल दिवस २०८१ को पावन अवसरमा गैँडाकोटमा अन्तर विद्यालय स्तरीय १२ वर्ष सम्मका छात्रा/छात्रको फुटबल प्रतियोगिता शुरु भएको छ ।
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित जनक नमुना माविको खेल मैदान पारिजात टोल, गैंडाकोट–५ मा शुक्रबार देखि शुरु भएको प्रतियोगिता असोज ४ गतेसम्म चल्ने छ ।

गैंडाकोट खेलकुद समितिको आयोजना, गैंडाकोट महिला फुटबल क्लब र युवा तथा बाल क्लब, गैंडाकोट–५ को सह आयोजनामा प्रतियोगिता शुरु भएको हो । नवलपुर जिल्ला फुटबल संघको समन्वयमा भएको प्रतियोगितामा वैदिक आयुर्वेद सेवा प्रा.लि. लायन्स चोक, चितवनले पुरस्कार सौजन्य गरेको हो ।

  • -advertisement-

प्रतियोगितामा छात्रातर्फ २२ वटा र छात्रतर्फ ९ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

प्रमुख अतिथि गैँडाकोट ५ का कार्यबाहक वडा अध्यक्ष द्रोणवन सन्न्यासीले सानै उमेरदेखी बालबालिकालाई खेलकुदप्रति प्रोत्साहित गर्न सके भोलीका दिनमा अब्बल खेलाडी उत्पादन गर्न सकिने बताउनुभयो ।

गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, राष्ट्रिय गौरव सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने अभिप्रायका साथ खेल क्षेत्रका विकासका लागि अहोरात्र खटिरहेको बताउनुभयो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार विभिन्न खेल भएका छन् । छात्रतर्फ उद्घाटन खेलमा महेन्द्र स्मारकले अक्सफोर्डलाई १–० ले पराजित ग¥यो ।दोस्रो खेलमा विजय ज्योतीले कन्टिनेन्टललाई २–० ले पराजित ग¥यो । तेस्तै छात्रातर्फ विजय सामुदायिक शिक्षा सदनले कन्टिनेन्टललाइ  १–० ले पराजित गरेको छ ।

प्रतियोगिताको उद्घाटन सत्रमा वैदिक आयुर्वेद सेवा प्रा.लिका सञ्चालक चक्रपाणी न्यौपाने, विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि, विद्यालयका शिक्षकहरु, खेलकुदप्रेमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम गैंडाकोट महिला फुटबल क्लबका अध्यक्ष दुर्गा घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार