भदौ २८,काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ ।
प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो ।
यसमा अमर\अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचना निकालेर जानकारी दिएको छ ।
कमेन्ट :