spot_img

Thursday, October 3, 2024

दीपक बराईलीको गीत ‘च्वाप्प मोई खाउँला’ गीत सार्वजनिक (भिडियासहित )

काठमाडौं । गायक दीपक बराईलीको स्वरमा रहेको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक गरिएको छ ।
 फराज अर्पणको शब्द संगीत र एरेञ्जमा तयार भएको गीत सोमवार सार्वजनिक गरिएको हो ।
ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा बिकास लामिछाने र श्रीसा कुँवरको अभिनय रहेको छ । रोमान्टिक लभस्टोरीमा तयार पारेको गीतमा विजेश्वर तण्डुकारको मिक्सिङ छ ।
यस्तै गीतमा विभोर पोखरेलको सम्पादन, नहकुल खड्काको कलर ग्रेडिङ र बिशाल थापाको सिनमाटोग्राफी रहेको छ । दीपक बराईलीले आफ्नो गायकीमा ‘म बाट’, ‘शराबको सारै राम्रो’, ‘सुख दुःख’, ‘इशारा देऊ’, ‘तिम्रो लागि’, ‘आँशु दिने’लगायत दर्जन बढि गीत बजारमा ल्याईसकेका छन् ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

दीपक बराईलीको सबै गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ भने अधिकांश गीतमा उनी आफै मोडलको रुपमा देखिएका थिए ।

गीतको भिडियो :
कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार