spot_img

Wednesday, January 15, 2025

नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न निर्देशन

भदौ २६ काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न निर्देशन दिएको छ । प्रमुख सचेतक श्याम घिमिरेले आज सांसदहरुलाई सूचना पठाउँदै काठमाडौंमै बस्न भनेका हुन् ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख ईन्दिरा रानाको आचरण सही नभएको भन्दै हटाउने प्रस्ताव गरेका थिए । त्यहीअनुसार अहिले कांग्रेस एमालेले तयारी गरिरहेका छन् ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

उपसभामुखले राजीनामा नदिए हटाउने प्रस्ताव लैजाने गठबन्धनको तयारी छ । एमालेले यसअघिनै सांसदहरुलाई काठमाडाडैं नछोड्न भनिसकेको छ । कांग्रेस र एमालेले उपसभामुखको राजीनामा मागिरहेका छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार