spot_img

Tuesday, December 3, 2024

काठमाडौं सहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा

भदौ २६ काठमाडौँ । गृह मन्त्रालयले काठमाडौं सहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर कारागार व्यवस्था विभागका महानिर्देशक  जयनारायण आचार्यलाई पठाइएको छ ।

  • -advertisement-
  • -advertisement-

यसैगरी सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाइएको छ ।  प्युठानका सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा तानिएको छ ।

यसअघि थापा अध्यागमन कार्यालय भैरहवाको प्रमुख अध्यागमन अधिकृत थिए भने शर्मा र आचार्य गृह मन्त्रालयमै थिए ।

गृह मन्त्रालयले अर्घाखाँचीमा बाबुराम अर्याललाई पठाएको छ । अर्याल इलाका प्रशासन कार्यालय चन्द्रौटामा कार्यरत थिए । अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको छ ।
यसैगरी अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई गृह मन्त्रालयमै सरुवा गरिएको छ । तर उनको जिम्मेवारी तोकिन बाँकी छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार