spot_img

Thursday, February 13, 2025

सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठकले सत्तासीन दलको मुद्दा समेटेर न्यूनतम साझा कार्यक्रम ल्याउने निष्कर्ष

 भदौ २५ काठमाडौँ । सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठकले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच भएको सातबुँदे सहमतिको मर्म अनुसार सत्तासीन दलको मुद्दा समेटेर न्यूनतम साझा कार्यक्रम ल्याउने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न सत्तारूढ दलको बैठकमा सातबुँदे समझदारीका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता अनुसार न्यूनतम साझा कार्यक्रम ल्याउने कांग्रेस–एमालेका शीर्ष नेताबिचको सहमतिका सन्दर्भमा सबै दलको एकीकृत धारणा बनाउन छलफल भएको हो ।

  • -advertisement-

कांग्रेस संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरे र एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्ने विषय, संविधान संशोधन, सरकार सञ्चालन र संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

नेता घिमिरेले सातबुँदेलाई नै आधार बनाएर सरकार सञ्चालनको विधिसँगै सबै दलको सहमतिमा न्यूनतम साझा कार्यक्रम आउने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सातबुँदे सहमतिका आधारमा सरकार बनेको छ । मुख्यतः तिनै सात बुँदाका आधारमा सरकार सञ्चालन हुन्छ । सरकारको न्यूनतम साझा कार्यक्रम पनि त्यही आधारमा चाँडै आउँछ ।”

नेता बर्तौलाले न्यूनतम साझा कार्यक्रम नियमित छलफलका माध्यमबाट सबै दलका साझा भावना एकीकृत गरेर एकीकृत दृष्टिकोणका साथ आउने बताउनुभयो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार