spot_img

Monday, April 28, 2025

हिमालयन लाइफ इन्स्योरेन्सले बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत सम्म छुट दिने

भाद्र २५ काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत सम्म छुट दिने भएको छ ।

साविक प्राइम प्राइम लाइफ इन्स्योरेन्स , युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सिबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखमा भदौ २४ गतेदेखि ३१ गतेसम्म नवीकरण गर्दा बीमा शुल्कमा लाग्ने ब्याज तथा जरिवानामा छुट दिने भएको हो ।

कम्पनीले दिएको जानकारी अनुसार ३ वर्षसम्म ब्याज तथा जरिवानामा शतप्रतिशत, ३ वर्षमाथी ५ वर्षसम्म ५० प्रतिशत, ५ वर्षमाथि ७ वर्षसम्म २५ प्रतिशत र ७ वर्षमाथि १२ वर्षसम्म १० प्रतिशत छुट दिने भएको हो । १२ वर्षमाथि अवधिको व्यतीत बीमालेख नवीकरणमा भने कुनै पनि छुट नहुने भनाई कम्पनीको छ ।

यस किसिमको व्यतीत बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने जानकारी कम्पनीले दिएको छ । छुट सुविधा उपयोग गरी नवीकरण गराइएका बीमालेखहरू बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावहरूले नियमानुसार समर्पण गर्न चाहेमा छुट वापतको रकम कट्टा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार