spot_img

Wednesday, February 12, 2025

गीतकार डा सुवेदीको ‘नरोउ है आमा’ लोकगीत सार्वजनिक

भदौ २४ काठमाडौँ । गीतकार डा शिव सुवेदीको शब्द सिर्जनामा  नयाँ लोकगीत ‘नरोउ है आमा’ सार्वजनिक भएको छ।

सोमबार डा शिव सुवेदीको युटुब मार्फत सार्वजनिक गीतमा छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरु समेटिएको छ ।  गीतमा स्वर अस्मिता डल्लाकोटीको रहेको छ। संगीत नन्दु परियारले भरेका छन्। संगीत संयोजन पूर्ण संयोगले गरेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।

  • -advertisement-

गीतमा गायिका अस्मिता डल्लाकोटी मुख्य भूमिकामा रहेकी  छन्। अभिनेत्री हिउँवाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलले उनलाई साथ दिएका छन्। कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन शिव पौडेलको रहेको छ।

गीतको म्युजिक भिडियो डा शिव सुवेदीको युटुब मार्फत हेर्न सकिन्छ । गीतको म्युजिक भिडियोलाइ दर्शकहरुले  रुचाएका  छन ।

डा शिव सुवेदीका धेरै गीतहरु दर्शक स्रोताहरुको मनमा बस्ने खालका हुन्छन तेसैले धेरै गीतहरुले चर्चा कमाइ सकेका छन र यो गीतले पनि चर्चा कमाउन सकोस फास्ट खबर अनलाइनको तर्फबाट  सफलताको शुभकामना ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार