spot_img

Wednesday, January 14, 2026

सुन आज रु. एक हजार दुई सयले ओरालो / तोलाको रु. एक लाख ५२ हजार एक सयमा कारोबार

भदौ २३ काठमाडौँ।   स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु. एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा रु. ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय ५० निर्धारण भएको छ ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :