spot_img

Wednesday, January 15, 2025

सानादेखि ठुला विकास निर्माणका कार्यक्रम भरतपुर महानगरपालिकामा केन्द्रित

भदौ २१ चितवन । सहरीकरणको क्रममा पूर्वाधार निर्माण भरतपुरमा मात्रै केन्द्रित हुँदा चितवनका अन्य पालिकामा विकास निर्माणको कार्य गति लिन सकेको छैन ।

सघन सहरी तथा भवन निर्माण कार्यालयको ७४ वटा विकास निर्माणका कार्यक्रममध्ये ३९ वटा पूर्वाधार निर्माणका काम भरतपुर महानगरपालिकामा मात्रै केन्द्रित छन् । सहरी पूर्वाधार निर्माण गर्नका लागि काम गर्दै आएको सघन सहरी तथा भवन निर्माण कार्यालयको सानादेखि ठुला विकास निर्माणका कार्यक्रम भरतपुर महानगरपालिकामा केन्द्रित भएको हो । ठुला भौतिक संरचना अन्तर्गत ८७ करोड ८८ लाख रुपियाँ लागतमा भरतपुर सिटी हल र ११ करोड २१ लाख रुपियाँको लागतमा देवघाटमा शवदाह गृह निर्माण हुँदै छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

एकीकृत सहरी विकास कार्यक्रम अन्तर्गत ३१ करोड रुपियाँको लागतमा सडक, बसपार्क, आरती केन्द्रलगायतको काम भइरहेको छ । सघन सहरी तथा भवन निर्माण कार्यालयका प्रमुख झपटबहादुर थापाले भन्नुभयो, “स्थानीय सरकार प्रमुखको पहल कति हुन्छ त्यही अनुसारका विकास निर्माणका कार्यक्रम पर्छन् । त्यसमा भरतपुर महानगरअगाडि देखिन्छ ।”  उहाँका अनुसार छ किलोमिटर लामो छ लेनको सडक र चार किलोमिटर लामो चार लेनको बाइपास सडक भरतपुर महानगरमा निर्माण पूरा भइसकेका छन् । यीबाहेक भूमिगत विद्युतीकरण, ग्रामीण सडक स्तरोन्नतिलगायतका विकासका ठुला निर्माण कार्य भइरहेको छ ।

सात पालिका रहेको जिल्लाका अन्य पालिकामा विकासका कार्यव्रmम परेका त छन् तर पूर्वाधारका न्यून कार्यव्रmम रहेको उहाँले जानकारी दिनुभयो । रत्ननगरमा दुई वटा सभा हल निर्माणका कार्यक्रम रहेकोमा सौराहा सभा हल निर्माण सम्पन्न भइसकेको र रत्ननगर सभा हल निर्माणका व्रmममा छ । माडीमा एकीकृत सहरी पूर्वाधारका कार्यक्रम सञ्चालनमा रहेको कार्यालय प्रमुख थापाले बताउनुभयो । राप्ती नगरपालिकामा छुट्टाछुट्टै सडक स्तरोन्नतिका लागि १० र १५ करोड रुपियाँ बजेट विनियोजन भएको छ । यीबाहेक यस पालिकामा अन्य कार्यक्रम नभएको कार्यालयले जानकारी दिएको छ । खैरहनी नगरपालिकामा भुवानी शङ्कर कलेजको भवन निर्माण र सडक कालोपत्रे गर्ने कार्यव्रmम रहेका छन् ।

कालिका नगरपालिकामा ढल निर्माण, सडक स्तरोन्नतिलगायतका थोरै बजेटका कार्यक्रम मात्र रहेको छ । इच्छाकामना गाउँपालिकामा कुलेसो र सडक निर्माणको कार्यक्रम  रहेको छ । कार्यालयको चितवन, मकवानपुर र नवलपुर जिल्ला कार्य क्षेत्र रहेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार