single head

दूध किसानको रकम भुक्तानीका लागि सरकारले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने

single post top 1

भदौ २० काठमाडौँ ।  दूध किसानको रकम भुक्तानीका लागि सरकारले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय गरेको छ।

single p1

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

single p2

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘आर्थिक वर्षमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोजनका लागि नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपियाँ भुक्तानी गर्न स्वीकृति दिने  निर्णय भएको छ।’

सँगै सरकारले पारा ओलम्पिकमा कास्य पदक  विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपियाँ पुरस्कार दिने निर्णयसमेत गरेको छ। सँगै प्रशिक्षकलाई पाँच लाख र टिम व्यवस्थापकलाई दुई लाख रुपियाँ दिने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3