single head

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने रूसी राष्ट्रपतिको भनाइ

single post top 1

 भदौ २०,मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताउनुभएको छ ।

single p1

पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दामा टिप्पणी गर्ने गरेको पाइन्छ ।

single p2

गत वर्ष उहाँले अमेरिकी राजनीतिक प्रणाली ‘बिग्रेकोे’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताउनुभएको थियो ।

रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले भन्नुभयो, “अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई श्रीमती ह्यारिसको पक्षमा उतार्नु आवश्यक छ।”

हामी उहाँ (ह्यारिस) लाई समर्थन गर्छौँं,” उहाँले मुस्कुराउँदै थप्नुभयो ।

रूसी नेता पुटिनले ह्यारिसको मुस्कानले उहाँको सबै कुरामा सही हुनुहुन्छ भन्ने देखाउने उल्लेख गर्नुभएको छ ।

“पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि अन्य कुनै अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै यदि ह्यारिसले राम्रो काम गर्ने भएमा सम्भवतः उहाँ यस्ता कार्यबाट टाढै रहनु हुनेछ।”

गत फेब्रुअरीमा पुटिनले ट्रम्पको सट्टा बाइडेनको समर्थन गर्दै वर्तमान राष्ट्रपतिलाई ‘अनुमानयोग्य’ भन्नुभएको थियो ।

पुटिनको यो टिप्पणी ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको एक दिनपछि आएको हो ।

यसै सन्दर्भमा रूसी सरकारी समाचार नेटवर्क आरटीका शीर्ष सम्पादकहरूमाथि प्रतिबन्ध लगाएको छ। वासिङ्टनले उनीहरूमाथि आगामी अमेरिकी मतपत्रलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ । रासस, एएफपी

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3