spot_img

Tuesday, January 21, 2025

एनपिएलमा सहभागी हुने आठ वटै फ्रेन्चाइज टोलीको स्वामित्व लिने कम्पनी र मुल्य सार्वजनिक

भदौ २० काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोलीको स्वामित्व लिने कम्पनी र मुल्य सार्वजनिक गरेको हो ।

क्यानले बिहीबार सार्वजनिक गरेको एनपिएल खेल्ने ८ वटा टिममध्ये सबैभन्दा धेरै मूल्य पोखराले पाएको छ। जसलाई नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा किनेको छ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

यस्तै, कान्तिपुर पब्लिकेसनले काठमाण्डौंलाई ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा खरिद गरेको छ भने  चितवनलाई चितवन मेडिकल कलेजले १ करोड ७६ लाख १ हजार, विराटनगरलाई एमएडी ड्रिम स्पोर्टस्ले १ करोड ५१ लाख मूल्य तिरेको छ।

यसैगरी लुम्विनीलाई फोर्चुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँ, जनकपुरलाई ड्रिम स्पोर्टस्ले २ करोड ५ लाख कर्णालीलाई हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार, र सुदूरपश्चिमलाई इम्पायर स्पोर्टस्ले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँ मूल्य तिरेको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन । अब क्यानले लिगको टोली घोषणा गरेसँगै खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउनेछ।

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफैँ आयोजना गर्न लागेको हो।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार