single head

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंकले घट्यो

single post top 1

भदौ १९,काठमाडौँ ।  बुधबार सेयर बजार ह्वात्तै घटेको छ ।

single p1

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । नेप्से आज २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही काम भएको छ ।

single p2

अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।

सबै क्षेत्रका सूचक घटेका छन् ।  बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटे ।

बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार एक्सेल डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो।

यी कम्पनीका लगानीकर्ताले क्रमशः ६०.४०, १९४.३०, १२२ र २८१.२० रुपैयाँ प्रतिसेयर आम्दानी गरे। आज एक कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। कुमारी इक्विटी फन्डको सेयर १० प्रतिशतले घटेको हो।

कारोबारतर्फ आज नेपाल फाइनान्सको साढे ३० करोड, एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड, हिमालयन रिइन्स्योरेन्सको २९ करोड, एनएलजी इन्स्योरेन्सको २८ करोड र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडको कारोबार भएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3