spot_img

Tuesday, October 15, 2024

सङ्घीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै

भदौ १८,काठमाडौँ । सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक मङ्गलबार बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ । आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहने छ ।

  • -advertisement-
  • -advertisement-

सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ ।

यसैगरी, सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेद २०८१’ र ‘सार्वजनिक सेवा प्रशासन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुहुने छ ।

त्यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ ।

त्यस्तै, खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ म्न्त्रालयसँग सम्बन्धित मौखिम प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने छ ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आदिवासी जनजाति आयोगको आव २०७९/०८० को चौथो वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नुहुने पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार