भाद्र १५ , गैँडाकोट । आदिवासी जनजातिको हक अधिकार विषयक एक दिने कार्यशाला गोष्ठी गैँडाकोटमा सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ नगर समवन्य परिषद् गैंडाकोट नगर समितिको आयोजनामा विजय विकास स्रोत केन्द्र गैँडाकोट ८ को सभाहलमा जनजाति समुदायका नागरिकलाई सचेतना प्रदान गरिएको हो । आदिवासी जनजातिको हक अधिकारबारे सजग गराई जागरुक गराउन एक दिने कार्यशाला गोष्ठी गरिएको नेपाल आदिवासी जनजाती महासंघ नगर समवन्य परिषद् गैंडाकोट नगर समितिका अध्यक्ष नर बहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेता गजेन्द्र आले मगरले हक अधिकारको पक्षमा निरन्तर पैरवी गर्नुपर्ने र विषय उठान गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा अधिवक्ता शंकर लिम्बूले प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रममा नेपालको संविधानमा भएका हक अधिकार के–के छन् भनी प्रस्स्तुतिकारणसँगै छलफल गरिएको थियो । कार्यक्रममा गैँडाकोटका ५० बढी आदिवासी जनजाति समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो ।